स्विट्जरल्यान्ड र फ्रान्सलाई एउटै गल्ती भारी पर्ने

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

युरोकपको साबिक उपविजेता समेत रहेको फ्रान्सले सोमबार मध्यराति (१२ः४५) स्विट्जरल्यान्डको सामना गर्दैछ । विश्व च्याम्पियन फ्रान्सले ‘ग्रुप अफ डेथ’को समूह विजेता बन्दै युरोकप २०२० को प्रिक्वार्टरफाइनल स्थान बनाएको हो । 

फ्रान्सका प्रशिक्षक डिडिएर डेस्चाम्सले स्विट्जरल्यान्डलाई हल्का टोलीका रुपमा नलिएको बताएका छन् । ‘स्विट्जरल्यान्डलाई सामान्य टोलीका रुपमा लियो भने ठूलो भूल हुने छ,’ प्रशिक्षक डिडिएरले भने । 

बुचारेस्ट मैदानमा फ्रान्सका लेफ्ट ब्याक लुकास हर्नान्डेज र लुकास डिग्ने स्विट्जरल्यान्डविरुद्धको खेलमा सहभागी हुने सम्भावना छ । समूह चरणको अन्तिम खेल पोर्चुगलविरुद्ध दुवै घाइते भएका थिए । दुवै खेलाडीको चोट निको भएको र दैनिक अभ्यासमा पनि राम्रो प्रगति गरेको प्रशिक्षक डिडिएरले बताए । 

स्विट्जरल्यान्डलाई रोक्न फ्रान्सले ३–५–२ को रणनीति अपनाउने छ । यो खेलमा बेन्जामिन पाभार्ड र मिडफिल्डर राविओटले बिग ब्याकबाट खेल्ने छन् । आजको  खेलमा प्रशिक्षक डिडिएरले दुई लक्ष्यका साथ अगाडि बढी रहेका छन् । पहिलो फ्रान्सलाई पुनः एकपटक युरोकप उपाधि दिलाउने हो र दोस्रो खेलाडी र प्रशिक्षकका रुपमा युरोकप र विश्वकप बिजेताका बन्ने । 

सन् १९९८ मा फ्रान्सले विश्वकप र सन् २००० मा युरोकप जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए । ‘हाम्रो प्रयास नै उत्कृष्ट खेल प्रदर्शन गर्नु हो,’ उनले भने, ‘स्विट्जरल्यान्डको खेल हेरेका छौँ, नकआउट चरणमा स्विसको खेलशैली फरक हुन सक्छ, यसकारण आजको खेलमा कुनै गल्ती गर्न हुन्न ।’ 

स्विट्जरल्यान्डको रक्षापंक्तिदेखि फिनिसिङ लाइन बलियो भएकाले पनि फ्रान्सले हल्का रुपमा लिन नहुने प्रतिक्रिया प्रशिक्षक डिडिएरले दिएका छन् । ‘सेफेरोभिक, इम्बोलो र साकिरी जस्ता खेलाडीले भरिएको स्विट्जरल्यान्ड बलियो छ,’ उनले भने । 

पछिल्लो समय फ्रान्सेली टोलीमा खेलाडी चोटग्रस्त हुनु एक प्रमुख समस्या बनेको छ । घुँडाको चोटका कारण ओस्मान डेम्बेलेले प्रतियोगिता नै गुमाइसेका छन् । यसैगरी मार्कुस थुराम र थोमस लेमर पनि घाइते छन् । स्विट्जरल्यान्ड समूह चरणमा उत्कृष्ट तेस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा पुगेको हो । टर्कीमाथिको सानदार जितसँगै स्विस खेलाडीको आत्मविश्वास बढेको छ । टर्कीविरुद्ध लिभरपुलका सेर्डान साकिरीले दुई गोल गरेका थिए । 

यसैगरी आर्सनलका साकाले पनि टर्कीविरुद्ध प्रेरणदायी खेल प्रस्तुत गरे । मिडफिल्डर स्टेभन जुबेरले युरोकप इतिहासमा एउटा इतिहास बनाएका छन् । एकै खेलमा तीनपटक गोलका लागि पास उपब्लध (असिस्ट) गर्ने उनी तेस्रो खेलाडी बनेका छन् । जुबेर अघि डेनमार्कका माइकल लाउडुप र पोर्चुगलका रई कोस्टाले मात्र एकै खेलमा तीन असिस्ट गरेका थिए । 

स्विट्जरल्यान्डका प्रशिक्षक भ्लादिमिर पेटकोभिकले आफ्ना खेलाडी सही समयमै फर्ममा आएको बताएका छन् । केही समय यताका अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताम स्विट्जरल्यान्डको प्रदर्शन राम्रो भएको उनले जनाए । ‘केही बर्षयता हामीले मेजर पु्mटबल प्रतियोगितामा राम्रो नतिजा निकालेका छाँै,’ प्रशिक्षक भ्लादिमिरले भने, ‘बलियो टोलीविरुद्ध नतिजा नै निकालेका छौँ, आज फ्रान्ससँगविरुद्धको खेल पनि प्रतिस्पर्धात्मक र रोमान्चक हुने छ ।’ स्विसका कप्तान ग्रान्ट जाकाले फ्रान्ससँगको प्रतिस्पर्धालाई निकै महत्वपूर्णका मानेका छन् । 
‘फ्रान्सविरुद्ध गल्ती नगरी हामीले प्रतिस्पर्धा गर्दा नतिजा फरक आउन सक्छ,’ उनले भने, ‘फ्रान्सलाई हराउन हामीले थप मिहिनेत गनुपर्छ, समूह चरणको जस्तो मिहिनेतले मात्रै काम छैन ।’ 

अहिलेसम्म फ्रान्स र स्विटजरल्यान्डबीच ३८ खेल भएको छ । फ्रान्सले १६ जित र १० खेलमा बराबरी नतिजा निकालेको छ । स्विटजरल्यान्डले १२ जित र १० बराबरी आत्मसात गरेको छ । फ्रान्सले स्विटजरल्यान्डको पोष्टमा ६७ र स्विट्जरल्यान्डले फ्रान्सको पोस्टमा ६० गोल गरेको छ । 

तथ्य
मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फ्रान्स र स्विटजरल्यान्डबीचको यो पाँचौ भेट हु्ने छ । यी दुई टोलीबीच युरोकप सन् २००४, २००६ र २०१६ को संस्करणको समूह चरणमा प्रतिस्पर्धा भएको थियो । यसैगरी २०१४ को विश्वकपमा पनि फ्रान्सले स्विट्जरल्यान्डको सामना गरेको थियो । 
मेजर अन्तर्राष्ट्रिय प्mुटबल प्रतियोगितामा फ्रान्स र स्विटजरल्यान्डबीच पहिलोपटक नकआउट चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१६ को युरोकपमा फ्रान्स र स्विटजरल्यान्डबीच गोलरहित बराबरी भएको थियो ।
 

सुझावित समाचार