कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिलाई लिएर प्रश्न गरेका छन् । ओलीले सोमबार आयोजित कार्यक्रममा कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालप्रति दिएको अभिव्यक्तिलाई लिएर शर्माले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।
शर्माले भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठीक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठीक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौँ कि दयनीय ? सम्माननीय प्रधानमन्त्री विनम्रतापूर्वक सोध्छु– अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरिएन्ट’ ?’