पौडेल, सिटौला र कोइरालाबीच डेढ घन्टा छलफल, देउवालाई पराजित गर्न सबै मिल्नुपर्ने निष्कर्ष

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला र सुजाता कोइरालाबीच महाधिवेशनको तयारी र नेतृत्व चयनका विषयमा छलफल भएको छ । उनीहरूबीच कोइराला निवासमा सोमबार दिउँसो डेढ घन्टा छलफल भएको हो । 

छलफलमा पौडेल, सिटौला र कोइरालाले सभापति शेरबहादुर देउवालाई पराजित गर्न सबै मिल्नुपर्ने निष्कर्ष निकालेको कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले बताए ।

सुझावित समाचार