नेसनल लाइफद्वारा बिमा दाबी भुक्तानी

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले डढेल्धुरास्थित शाखा कार्यालयबाट स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ । स्व. पन्तले सन् २०२१ फेबु्रअरी २२ मा ७० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृत सावधिक जीवन बिमालेख खरिद गरेका थिए ।

कम्पनीले सन् २०२१ मार्च ६ मा निजको जिप दुर्घटनामा मृत्यु भएकाले बिमा दाबीबापत १ करोड २४ लाख ४८ हजार रुपैयाँ निजले इच्छाइएको व्यक्ति उनकी श्रीमती विमलादेवी पन्तलाई भुक्तानी गरेको हो ।

शैल्य शिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीका डढेल्धुरा शाखा प्रमुखले उक्त रकमबराबरको चेक हस्तान्तरण गरे ।

सुझावित समाचार