युरोकपको पहिलो चरणका स्मरणीय क्षण

शुक्रबार, ११ असार, २०७८
डिजिटल संस्करण

युरोकपका ५१ खेलमध्ये ३६ खेलको नतिजा सार्वजनिक, अहिलेसम्म ९४ गोल, आठ आत्मघाती गोल र दुई खेलाडीले रातो कार्ड पाएका छन् 

एक वर्ष पछि धकेलिएको युरोकप २०२० को पहिलो चरणका सबै खेल समाप्त भएका छन् । समूह चरणका सबै खेल बुधबार राति सम्पन्न भएका हुन् । आगामी शनिबारबाट नकआउट चरणका खेल सुरु हुनेछन् । नकआउट चरणमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । युरोकपका ५१ खेलमध्ये ३६ खेलको नतिजा आइसकेको छ । अहिलेसम्म ९४ गोल, आठ आत्मघाती गोल र दुई खेलाडीले रातो कार्ड पाएका छन् । ११ देशका ११ सहरमा चलिरहेको युरोकपको पहिलो चरणमा भएका मुख्य घटनालाई यसरी हेर्न सकिन्छ । 

एरिक्सनले मृत्युलाई जिते
विश्वभरि नै युरोकप चहलपहल भइसकेको थियो । डेनमार्कले समूह चरणको आफ्नो पहिलो खेलमा फिनल्यान्डसँग प्रतिस्पर्धा गर्दा लगभग सन्नाटा छाउने वातावरण मैदानमा बनेको थियो । बुढापेस्टको घरेलु मैदान डेनमार्कले मध्यान्तरअघिको पाँच मिनेटमा एउटा अत्यन्तै नराम्रो क्षणको सामना ग¥यो । डेनमार्क मात्र नभएर सम्पूर्ण खेलप्रेमी नै त्यो क्षणमा भावुक बने । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन बेहोस भएर एक्कासि मैदानमा ढल्न पुगे । नजिक रहेका खेलाडी तथा मेडिकल टिमको मिहिनेतमा मृत्युको मुखमा पुगेका एरिक्सन फर्किएका छन् । 

डेनिस खेलाडीहरूले मानवीय पर्खाल बनाएर एरिक्सनलाई के भएको भन्ने मेसोसमेत दिएनन् । डेनिस खेलाडी भावुक हुँदै आँसु झारिरहेका थिए । अचेत अवस्थामा पुगेका एरिक्सनले सास फेर्ने छैनन्, आफूबीच सधैँका लागि ढाटा जाने छन् खेलाडीहरूले अनुमान लगाएका थिए । संसारभरबाट एरिक्सनको स्वास्थ्य लाभको भइरहेको थियो । चिकित्सकहरूले मैदानमै १३ मिनेट सिपिआर गरेका थिए । संयोगवस चिकित्सकहरूको अथक प्रयासपछि एरिक्सनले सास फेरे । विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले डेनिस मिडफिल्डर एरिक्सन जिउँदै रहेको उनलाई अस्पतालमा उपचार तत्काल गराउने प्रयास भइरहेको जानकारी दिए । पुनः बुढापेस्ट रंगशालामा खुसीको वातावरण छायो । पुनः खेल सुरु हुँदा डेनमार्क पराजित भयो । दुई दिनपछि नै एरिक्सनले अस्पतालबाट आफू स्वास्थ्य लाभ भइरहेको सन्देश दिए । मैदानबाहिर रहे पनि एरिक्सनलाई मृत्युमाथि जित प्राप्त गरेका बहादुर खेलाडीका रूपमा अहिले चर्चा गरिएको छ । 

ग्रुप अफ डेथको सिकार
साविक विजेता पोर्चुगललाई उपाधि रक्षा गर्नुपर्ने दबाब छ । त्यही दबाब छिचोल्दै पोर्चुगल उत्कृष्ट तेस्रो स्थानमा रहँदै प्रिक्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलसँगै ‘ग्रुप अफ डेथ’मा विश्व च्याम्पियन फ्रान्स, तीनपटकको युरोकप विजेता जर्मनी र युरोपियन फुटबलकै पावर हाउस हंगेरी थिए । यो समूहको विशेषता भनेको हरेक टिमले एक अर्कालाई हराउन सक्ने क्षमता राख्थ्यो । 

फेरि नतिजा उल्ट्याउन सक्ने विश्व च्याम्पियनदेखि युरोकप विजेताका एक से एक खेलाडी चारै टोलीमा समावेश थिए । युरोकप सुरु हुनुअघि नै यस समूहको खेल सबैले प्रतीक्षा गरेका थिए । कुनै पनि टोलीले सहज जित निकाल्न सकेनन् । फ्रान्सले जर्मनीलाई १–० ले हराउनु, जर्मनीले पोर्चुगलमाथि ४–२ को नतिजा निकाल्नु, हंगेरीले जर्मनीलाई २–२ मा रोक्नु र फ्रान्स र पोर्चुगलबीचको २–२ को नजिता निस्कनु नै यस समूहको फरक पहिचान हो । फ्रान्स समूह विजेता, जर्मनी उपविजेता तथा पोर्चुगल उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुगे । दुर्भाग्यवस हंगेरी बाहिरियो ।

आयोजक युइएफएको धम्की
युरोकपको मुख्य प्रायोजक कोकाकोला हो । युरोकपमा भरपूर आम्दानी गर्ने योजना बनाएको कोकाकोलाले एकै दिन चार अर्ब डलर नोक्सानी बेहोर्नुपर्‍यो । हंगेरीविरुद्धको खेलअघि आयोजित पत्रकार सम्मेलनमा पोर्चुगलका कप्तान रोनाल्डोले ड्यासमा राखेका दुईवटा कोकाकोलाका बोतल हटाएर मिनरल वाटरको बोतलको प्रचार गरे । स्वास्थ्य जीवन निमित्त कोकाकोलाभन्दा पानी पिउन उनले सन्देश दिए । विश्वकै उत्कृष्ट खेलाडीको यस प्रतिक्रियापछि भोलिपल्टै सेयर बजारदेखि ब्रान्ड भ्यालु खस्कदा कोकाकोलाले चार अर्ब डलर नोक्सानी बेहार्नुपर्‍यो । 

साथै फ्रान्सका पल पोग्बाले पनि त्यसै दिन सहआयोजक कम्पनीको उत्पादनको बियरको बोतल हटाउँदा विवाद भयो । यसरी प्रायोजकहरूको ब्रान्ड विश्व मार्केटमा खस्काउने कार्य खेलाडीहरूले गरेपछि आयोजक युइएफएले विज्ञप्ति जारी गर्दै आउँदा दिनमा खेलाडीले प्रायोजकले ड्यासमा राखेको कुनै पनि सामग्री हटाउँदा सम्बन्धित टोली र संघलाई कारबाही गर्ने चेतावनी दिन बाध्य भयो । 

लामो दूरी गोलदेखि हाइस्कोरिङ खेलसम्म
पहिलो चरणमा एउटा दुर्लभ गोल देखियो । चेक रिपब्लिकका प्याट्रिकले स्कटल्यान्डविरुद्ध ४९.७ मिटर टाढाबाट गोल गरे । उनले मैदानको मध्य भागबाट प्रहार गरेको बललाई स्कटल्यान्डका गोलरक्षकले छेक्न अवसर नै पाएनन् । चालू युरोकपमा प्याट्रिकको गोल नै अहिलेसम्म लामो दूरीबाट गरेको गोलका रूपमा रेकर्ड बनेको छ । युरोकपको इतिहासमा प्याट्रिकले रेकर्ड राख्नुअघि सन् २००४ मा जर्मनीका मिडफिल्डर टोस्र्टर फिन्सले ३८.६ मिटर टाढाबाट गोल गरेका थिए । 

पहिलो चरणमा धेरै खेल दुईभन्दा बढी गोलअन्तरमा भएका छन् । नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ ले हरायो । स्पेनले स्लोभाकियामाथि निकालेको ५–० को जित नै अहिलेसम्मको ठूलो अन्तरको जित हो । डेनमार्कले प्रिक्वार्टरफाइनल स्थान पक्का गर्न रसियालाई ४–१ ले स्तब्ध पार्‍यो । यसैगरी जर्मनीले पोर्चुगलमाथि ४–२ को जित दर्ता गर्‍यो । क्रोएसियाले स्टकल्यान्डलाई ३–१ र अस्ट्रियाले नर्थ मेसोडोनियालाई ३–१ ले नै हराए । 

सोडोनियासँग हेभिवेट टोली बाहिरिए
चालू युरोकपमा मेसोडोनिया डेब्यु टोली हो । तर, मेसोडोनियाले आफ्नो डेब्यु राम्रो बनाउन सकेन । समूह सीमा रहेको यो टोलीले तीन खेलमै हारको सामाना गरी घर फर्किएको छ । मेसोडोनियाले विपक्षी पोस्टमा दुई गोल गरेको र आठ गोल बेहोरेको छ । युरोकपमा नकआउट चरण स्थान बनाउन सक्ने टोली बाहिरिएका छन् । कुनै समयमा विश्व फुटबलमा फरक शैलीका कारण शक्तिशाली टोली बनेको हंगेरी ग्रुफ अफ डेथको सिकार भयो । यसैगरी समूह इको अन्तिम खेलमै स्विडेनसँग ३–२ ले पराजित हुँदा पोल्यान्ड प्रतियोगिताबाट बाहिरियो । पोल्यान्ड बाहिरिँदा जर्मन बुन्डेस लिगकै उत्कृष्ट खेलाडी रोबर्ट लेवान्डोस्की र लामो समयपछि युरोकपमा फर्किएको फिनल्यान्डको यात्रा पनि पहिलो चरणसम्मै सीमित बन्यो । 

एजेन्सीहरूको सहयोगमा 

See More On

सुझावित समाचार