नेसनल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

आइतबार, ६ असार, २०७८
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्सले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ । स्व. गुरुङले सन् ३ जुन २०१९ जुन मा ५० लाखको दोहोर दुर्घटना लाभसहितको १० वर्षे अमृत श्री जीवन बिमालेख खरिद गरेकी थिइन् ।

सन् २०२१ मे २८ मा गुरुङको कोरोनाका कारण मृत्यु भएकाले कम्पनीले बिमा दाबीबापत ५६ लाख ३० हजार रुपैयाँ उनको इच्छाइएको व्यक्ति छोरा विजेन्द्र गुरुङलाई भुक्तानी गरेको हो ।

उक्त रकम कम्पनीको वित्त विभाग प्रमुख प्रज्वल सायमीले हस्तान्तरण गरे । कम्पनीले मृतकको आवश्यक कागजात प्राप्त भएको ५ दिनभित्र नै दाबी फर्स्योट गरेको हो ।

सुझावित समाचार