मनाङको नार्पाभूमिको लेकमा सम्पर्कविहीन ८० जना सम्पर्कमा, ५६ जनाको अल्टिच्युड एयरको हेलिकाेप्टरबाट उद्धार

शुक्रबार, ४ असार, २०७८
डिजिटल संस्करण

मनाङको नार्पाभूमि गाउँपालिकाको विकट फु गाउँको लेकमा यार्सा गुम्बा संकलन गर्न गएका ८० जना सम्पर्कमा आएका छन् ।  सोमबारको अविरल वर्षापछि उनीहरू सम्पर्कविहीन थिए । सम्पर्कमा आएका  ८० जनामध्ये ५६ जनाको उद्धार गरिएको मनाङका डिएसपी सुवास खड्काले बताए ।

खडकाका अनुसार कुलुङ लेकबाट २६ जना र लमु लेकबाट ३० जना गरी शुक्रबार ५६ जनाको उद्धार गरी फु गाउँ ल्याइएको छ ।  अन्य २४ जना भने आफूहरु लेकमै सुरक्षित रहेकाले उद्धारका लागि हेलिकाेप्टरको माग गरेका छैनन् । उनीहरूको अल्टिच्युड एयर हेलिकाेप्टरमार्फत उद्धार गरिएको मनाङका  विघटित प्रतिनिधि सभा सांसद पाल्देन गुरुङले बताए ।  

गुरुङ आफैँ उक्त  लेकमा उद्धारका लागि खटिएका थिए । उनीहरू गाउँबाट दुई दिन लाग्ने लेकमा गत जेठ १५ र १६ तिर यार्सा संकल्न गर्न गएका हुन ।  फु लेकमा नार र फु गाउँका स्थानीय मात्रै यार्सा टिप्न गएका थिए । नार्पाभूमिको फु गाउँ जान सदरमुकाम चामेनजिकैको कोतोबाट दुई दिन लाग्छ ।

फु  क्षेत्र समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरी जिल्लाकालाई यार्सा टिप्न प्रतिबन्ध लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।  

See More On

सुझावित समाचार