युरोकपका दक्षिण अमेरिकी कडा रेफ्री

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण
युरोकपका दक्षिण अमेरिकी कडा रेफ्री

फर्नान्डो राफालिनी

युरोकप २०२० को अफिसियलमा युरोपियनहरूकै दबदबा छ । युरोकपमा आधिकारिक रेफ्रि मात्रै १९ जना छन् । यी १९ रेफ्री मध्ये एकजना भने दक्षिण अमेरिका (अर्जेन्टिना) का छन् ।

युइएफए आफैले आयोजना गरेको युरोकप २०२० मा अर्जेन्टिनी फिफा रेफ्रीलाई म्याच अफिसियलका रुपमा किन समावेश गरेको होला भनेर प्रश्न उठ्नु स्वभाभिकै हो । 

पछिल्लो समय अमेरिकन फुटबल संघ तथा युरोपियन फुटबल संघबीच एक सम्झौता भएको छ । फिफा रेफ्रीहरूको स्तर बढाउन, विश्वका फरक लिग तथा च्याम्पियनसिप फुटबलको अनभुव बटुल्न दुई महादेशका रेफ्रीहरू आदान प्रदानको सम्झौता भएको थियो । यसै सम्झौता अनुसार कोपा अमेरिकामा एक स्पेनिस र युरोकपमा अर्जेन्टिनी रेफ्रीले भूमिका निर्वाह गरिरहेका हुन् । चालु युरोकपमा अफिसियलका रुपमा भूमिका निर्वाह गरिरहेका फर्नान्डो राफालिनी निकै कडा स्वभावका मानिन्छन् । दक्षिण अमेरिकाको घरेलु लिग र ठूलो फुटबल प्रतियोगिता संचालन गर्न निकै गाह्रो छ । यस किसिमको प्रतियोगितामा म्याच अफिसियल हल्का, नरम हुँदा खेल नियन्त्रणभन्दा बाहिर जान सक्छ । यसै पनि ल्याटिन अमेरिकन रेफ्री अन्य देशका भन्दा कडा स्वभाकै हुन्छन् । अझ फर्नान्डो त्यसमध्ये पनि कडा छन् । ४३ बर्षीय फर्नान्डो रातो वा पहेलो कार्ड देखाउन एक छिनै ढिला गर्देनन् । ट्याकल र गल्ती अनुसार खेलाडीलाई तत्कालै रातो वा पहेलो कार्ड उनी देखाउँछन् । उनले कसरी खेल नियन्त्रण कसरी गर्छन् भन्ने उदाहरण खेलाडीलाई दिएको कार्डले नै स्पष्ट गर्छ । 

फर्नान्डोले प्रति खेल ६.८१ पहेलो कार्ड देखाएको रेकर्ड छ । यसै बर्ष सम्पन्न अर्जेन्टिनाको प्रिमियर डिभिजन लिगमा उनले १६ खेलमा पाँच रातो कार्ड र ३८ पहेलो कार्ड देखाएका थिए । यसैगरी कोपा लिब्रेटार्डोसमा उनले ६ खेलमा १० रातो कार्ड देखाए । 

जस्तो सुकै तनावपूर्ण खेलमा खेलाडीहरूलाई सहजै नियन्त्रण लिन सक्ने भएकाले नै उनी युरोकपमा छानिएका हुन् । चालु युरोकपमा उनले सम्भवत सेमिफाइनल खेल खेलाउन सक्छन् । उनी सन् २०१४ मा फिफा रेफ्री बनेका हुन् । 
 

सुझावित समाचार