तीन दिनदेखि अवरुद्ध राजमार्ग एकतर्फी खुल्यो

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण

पहिरोका कारण तीन दिनदेखि बन्द भएको पाल्पास्थित सिद्धार्थ राजमार्ग अहिले पौने ३ बजेबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार बेलुकामा यात्रा गर्न भने जोखिम छ । लगातार चार दिनसम्म परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो । 

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका– ८ गौंडेभीरमा सडक नै बगाएपछि राजमार्ग अवरुद्ध  भएको  थियो । अहिले सडक सुचारु भएको, तर ठाउँठाउँमा माथिबाट सानोसानो पहिरो खसेकोले सावधानी अपनाउँदै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

सुझावित समाचार