डोटीमा पहिरोमा च्यापिएर एकको मृत्यु, दुई घाइते

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

डोटीमा पहिरोमा च्यापिएर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्लाको केआई सिंह गाउँपालिका वडा नम्बर ३ वासुदेवी देउकाँडाका ६५ वर्षीय खड्कबहादुर बमको पहिरोमा च्यापिएर मृत्यु भएको हो ।

बमको साथमा पानी फर्काउन गएकी दुई बालिका पनि घाइते भएका छन् । घाइते हुनेहरूमा वासुदेवीको झिगाबस्तीका १३ वर्षीय पुनी कुँवर र १६ वर्षीय पुजा कुँवर रहेका छन् ।

पुनीको हात भाँचिएको छ भने पूजाको टाउकोमा चोट लागेको छ । खानेपानी अवरुद्ध भएपछि पानी बनाउन मुहानमा गएका बमको खिरणा खोलाको पहिरोमा परेर निधन भएको स्थानीय खगेन्द्र बडैलाले बताए । मुहानको माथिबाट आएको पहिरोमा बम च्यापिएका हुन् । 
 

सुझावित समाचार