बराबरी नतिजाले स्पेन निराश

बुधबार, २ असार, २०७८
डिजिटल संस्करण

फिनल्यान्डविरुद्ध रसिया ६:४५ साँझ
टर्कीविरुद्ध वेल्स  ९:४५ राति
इटालीविरुद्ध स्विट्जरल्यान्ड  १२:४५ राति

...                   ...

युरोकप २०२० च्याम्पियनसिपमा पूर्वविजेता स्पेनले सोमबार राति गोलरहित बराबरी नतिजा निकालेको छ । घरेलु मैदानमा स्विडेनविरुद्धको खेलमा राम्रो नतिजा नल्याउँदा स्पेन निराश बनेको छ । पूरै नब्बे मिनेटको प्रतिस्पर्धा स्पेनले ‘टिकी टाका’ शैलीमा स्विडेनमाथि दबाब राखेको थियो । तर, स्पेनिस खेलाडीले एक गोल पनि गर्न सकेनन् । 

स्पेनले स्विडेनमाथि कति दबाब सिर्जना गरेको छ भन्ने बल पोसेसनले स्पष्ट पार्छ । स्पेनले ८५ प्रतिशत बलमाथि नियन्त्रण राखेको थियो । यसविरुद्ध स्विडेनको पक्षमा केवल १५ प्रतिशत मात्र बल पोसेसन थियो । यो खेलमा फुटबलका समर्थकहरूले डिफेन्स तथा एट्याक्टको भरपूर मनोरञ्जन लिए । प्रशिक्षक लुइस एन्रिकले युवा खेलाडीलाई प्राथमिकतामा राखी स्पेनलाई मैदानमा उतारेका थिए । अन्तर्राष्ट्रिय फुटबलको त्यति धेरै अनुभव नभएका युवा खेलाडीले स्विडेनको पोस्टसम्म बल पु¥याउँदा पनि आत्तिएका देखिन्थे । 

स्पेनले स्विडेनको पोस्टमा १७ पटक चार्ज गरेको थियो । जसमध्ये पाँचपटक मात्र टार्गेटमा थियो । पहिलो तथा दोस्रो हाफमै स्विडेनका गोलरक्षक तथा डिफेन्डरले स्पेनिस खेलाडीहरूको गोल प्रयासलाई विफल पारे । खेलमा अनुभवी खेलाडी अल्भारो मोराटाले एक सुन्दर अवसर प्राप्त गरेका थिए । उनले पोस्टनजिकबाट बायाँ खुट्टाले प्रहार गरेको बल मार्कुस डानेल्सनले क्लियर गरे । यसैगरी डानी अल्मोले क्लोज रेन्जबाट हेडिङ गरेको बललाई स्विडिस गोलरक्षक रोविन ओल्सेनले पन्च गरी बचाए । 

अधिकांश समय दबाब झेलेको स्विडेनले काउन्टरमा स्पेनलाई निकै दबाबमा राखेको थियो । स्विडेनले पनि खेलमा एक राम्रो गोल अवसर पाएको थियो । यस सिजनको स्पेनिस ला लिगाको उत्कृष्ट युवा खेलाडी घोषित एलेसान्डर इस्काको डिबक्सबाट प्रहार बललाई स्पेनिस गोलरक्षक उनी सिमोनले मुस्किलले बचाएका थिए । स्पेनले पछिल्लो ७ मध्ये १ संस्करणको खेलमा मात्र जित निकालेको छ । 

युरोकपमा जर्मनी र स्पेन सर्वाधिक तीन–तीनपटकका विजेता बनेका छन् । युरोकप र विश्वकपमा गरी स्विडेन र स्पेनबीच यो चौथो भिडन्त हो । जसमा स्पेनले दुई जित हात पारेको छ । स्विडेनले स्पेनविरुद्ध एक जित र बराबरी नतिजा आत्मसात् गरेको छ । स्पेनले युरोकपमा पछिल्लो १७ मध्ये केवल दुई खेलमा मात्र हारको सामना गरेको छ । जसमा ११ जित र चार बराबरी खेल स्पेनले खेल्यो । 

स्लोभाकियाको जित
युरोकप २०२० अन्तर्गत समूह इमा स्लोभाकियाले १० खेलाडीमा सीमित पोल्यान्डलाई २–१ ले स्तब्ध पारेको छ । रसियाको सेन्ट पिटरवर्गमा सम्पन्न खेलको ६२औँ मिनेटमा पोल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । ग्रेगोर्ज क्रिचोभिक दोहोरो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएपछि पोल्यान्डले बाँकी समय १० खेलाडीमै प्रतिस्पर्धा ग¥यो । 
क्रिचोभिकले स्लोभाकियाका जाकोब रुमाकमाथि ट्याकल गरेपछि उनले चालू युरोकपको पहिलो रातो कार्ड पाएका थिए । 

See More On

सुझावित समाचार