हुन्डाईले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा विस्तारमा काम गर्ने

मंगलबार, १ असार, २०७८
डिजिटल संस्करण

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इलेक्ट्रिक भिएकल (इभी) विद्युतीय गाडीको क्षेत्रमा ठूलो कदम चालिरहेको छ । कम्पनीले हाल नेपालमा उपलब्ध दुई मोडेल कोना र आयोनिक नामक दुई मोडेलमार्फत विद्युतीय गाडीको क्षेत्रमा अघि बढेको हो । 

बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरूलाई नेपाली अटो उत्साहीले सकारात्मक समीक्षाका साथ स्वागत गरेको कम्पनीको दाबी छ । यी दुवै मोडेल अहिले पनि उत्तिकै रुचाइने कम्पनीको दाबी छ । अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएको निष्कर्ष निकाल्दै हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको र आफ्नो इभी गाडीहरूको बिक्री बढ्नेमा विश्वस्त रहेको जनाएको छ ।

नेपालमा पनि ग्राहकहरू वातावरणबारे सचेत भएको र वातावरणीय दीर्घकालीन स्थिरतामा योगदान गर्न चाहने कम्पनीले जनाएको छ । इलेक्ट्रिक सवारी प्रयोग गरी वातावरण संरक्षणमा सहयोग गर्ने एक प्रभावकारी तरिका हो । सरकारले अघिल्लो वर्ष बजेटमा विद्युतीय सवारीसाधनमा थप शुल्क लगाएका कारण मूल्य अत्यन्तै बढे पनि आउँदो आवका लागि आएको बजेटले विद्युतीय सवारीहरूमा कर घटाइएकाले हुन्डाईका विद्युतीय गाडीहरूको शुल्क पनि घटेको कम्पनीले जनाएको छ ।

इभीका लागि पूर्वाधार विकासमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतालाई ध्यान दिएर कम्पनीले आफ्ना ग्राहकलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १३ सोेरुमहरू तथा १७ सर्भिस सेन्टरहरूमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाइएको छ ।

See More On

सुझावित समाचार