काठमाडौं म्यारियट होटेलले कतार हर रोयल हाइनेस सेख आस्मा अल थानी र किवानिस इन्टरनेसनल नेपालको संयुक्त सहयोगमा चक्र स्मृति पाठशालाका विद्यार्थीलाई खाद्यान्न सामग्री र सरसफाइका सामानहरू सहयोग गरेको छ । विश्वभर नै महामारीको लहर फैलिँदै गर्दा यहाँ धेरैले संघर्ष गरिरहेको अवस्थामा सहयोगी हातहरूको खाँचो परिरहेको भन्दै होटेलले सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
चक्र स्मृति (सिएम) पाठशाला गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा रहेको गैरनाफामुखी संस्था हो । यसले मजदुरहरूका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको जनाइएको छ । यस संस्थाले हाल ५५ बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको म्यारियटले जनाएको छ ।
म्यारियट इन्टरनेसनलले विभिन्न ३ सय ६० कार्यक्रमहरू म्यारियटकोे मार्गनिर्देशनको पालना गर्दै सञ्चालन गरिरहेको जनाइएको छ । म्यारियटको २०२५ सस्टेनेबिलिटी एन्ड सोसियल इम्प्याक्ट गोल्सको दायरामा रहेर काठमाडौं म्यारियट नेपाली समुदायमा सकारात्मक र दिगो प्रभावको सिर्जना गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।