जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको साधारण सदस्यसमेत नरहेका अनिल परियारले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत काम नगर्न जसपाले सचेत गराउँदै चेतावनी दिएको छ ।
जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले आइतबार प्रेस विज्ञप्ति जारी गरी जसपाको गण्डकी प्रदेश समितिको अध्यक्ष मोदी रिजाल रहेको स्पष्ट पारेका छन् । भविष्यमा फर्जी र जालसाजी कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको भागीदार हुनुपर्ने चेतावनी अधिकारीले दिएका छन् ।