प्रतिकूल मौसमका कारण उडान अवरुद्ध हुँदा लुक्लामा थन्किए पर्यटक

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

मौसममा आएको खराबीका कारण सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई उडान तथा अवतरण कार्य अवरुद्ध बनेको छ । लगातार कुहिरो लागेपछि तीन दिनदेखि उडान अवरुद्ध भएको लुक्ला विमानस्थलले जनाएको छ । 

समयमा उडान हुन नसक्दा सगरमाथा आधार शिविरबाट फर्किएका पर्यटक तथा गाइड लुक्लामै रोकिएका छन् । करिब ६० जना पर्यटकहरू मौसम सुधारको पर्खाइमा रहेको स्थानीय तोया श्रेष्ठले बताए ।  

सगरमाथा आधार शिविरमा अझै पनि करिब एक सय ५० जनाको हाराहारीमा पर्यटक र गाइड रहेको बुझिएको छ । कतिपय पर्यटकहरू हेलिकाेप्टर चार्टर गरेरसमेत आधार शिविरबाटै काठमाडौं गएका छन् । तर, लुक्ला झरेकाहरू भने मौसम खराबीका कारण काठमाडौं जान पाएका छैनन् । 

See More On

सुझावित समाचार