कोरोना कहरमा फौजीको आक्रमण : नमोबुद्धका किसानको मकैखेतीमा फौजी किराको प्रकोप

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

काभ्रेको नमोबुद्ध नगरपालिकाका किसानले लगाएको मकैखेतीमा फौजी किराको प्रकोप बढेको छ । मकैको बिरुवा फौजी किराले खाएर सखाप पारेपछि दोहोर्याएर रोप्न बाध्य भएका छन् । फौजी किराले किसानलाई सताएको छ ।

नमोबुद्ध नगरपालिका– ६ चरंगेफेदीका रुद्रबहादुर थापाले ५–६ रोपनी जग्गामा बर्खेमकै लगाएका थिए । उनी भन्छन्, ‘उम्रेर दुईपात हुन नपाउँदै फौजी किराले फेदैमा खाई सखाप पार्यो । फेरि दोहोर्याएर मकै रोपियो ।  फेरि ठाउँ–ठाउँमा किराले खाइदिएपछि ठाउँ–ठाउँमा खाली भयो र फेरि मकै रोपेँ ।’

यसरी थापाले तीनपटकसम्म मकै रोपेको बताएका छन् । लकडाउनले अरू काम गर्न जान नपाएको र मकै बाली किराले खाएपछि अनिकाल लाग्ने चिन्ता बढेको थापाले बताएका छन् । ‘लकडाउनले अरू काम गर्न जान पाएन, मकै बाली पनि किराले सखाप पार्यो, यसपालि त भोकभोकै मर्ने हो कि भन्ने चिन्ता लागेको छ,’ थापाले भने । थापा त प्रतिनिधि पात्र मात्रै हुन् । थापाजस्तै नगरपालिकाभरिका किसान यतिवेला फौजी किराको प्रकोपबाट चिन्तित छन् । 

See More On

सुझावित समाचार