भियतनामको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको जनाएको छ । भियतनामका स्वास्थ्यमन्त्रीले शनिबार इन्डियन भेरियन्ट र युके भेरियन्टको संयोजनबाट नयाँ भेरियन्ट देखिएको बताएका हुन् । यो भेरियन्ट हावाको माध्यमबाट समेत फैलिन सक्ने उनले जनाएका छन् ।
अनुसन्धानले नयाँ भेरियन्ट थप घातक देखिएपछि संक्रमण नियन्त्रणमा ल्याउन गाह्रो हुने भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको अध्ययन रिपोर्टअनुुसार नयाँ भेरियन्ट ६ हजार आठ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ भने ४६ जनाको मृत्यु भइसकेको छ ।
नयाँ भेरियन्ट भेरियन्ट अफ कन्सर्नभित्र रहेका दुईवटा भेरियन्टको हाइब्रिड भएको भियतनामका प्रधानमन्त्री नुग्वेन थाङ लोङले बताएका छन् । उनले भनेका छन्– तीव्र संक्रमण फैलिएको समयमा नयाँ घातक भेरियन्ट देखिनुले महामारी नियन्त्रणमा जटिलता थपिदिएको छ । भियतनामले पहिचान गरेको नयाँ भेरियन्टको जिनोम डाटा छिट्टै प्रकाशित गरिने बताएको छ ।
एजेन्सीको सहयोगमा