प्रदेश १ मा यो वर्ष मलको अभाव नहुने दाबी

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

प्रदेश १ मा वर्षे बालीका लागि मलको कुनै अभाव नरहेको कृषि सामग्री कम्पनी प्रदेश १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख नवरत्न गौतमका अनुसार हाल विराटनगरमा रहेको गोदाममा ७ हजार र सनुसरीको सोनापुरमा रहेको गोदाममा ५ हजार मेट्रिकटन मल भरिभराउ रहेको र धमाधम बिक्री पनि भइरहेको छ । 

प्रमुख गौतमका अनुसार हाल कृषि सामग्री प्रदेश १ कार्यालयसँग करिब ७ हजार मेट्रिकटन डिएपी र ५ हजार मेट्रिकटन युरिया मल गोदाममा मौज्दात छ । बंगलादेशबाट ५ हजार मेट्रिकटन र अन्य देशबाट २ हजार ५ सय मेट्रिकटन थप मल आउने क्रममा छ ।

यसबाहेक साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मल आयात गरेर बिक्री गर्दै आएको छ । प्रमुख गौतमले भने, ‘मल आउने र बिक्री हुने क्रम जारी छ, यो वर्षको वर्षे सिजनको धान, मकै मात्र नभएर हिउँदे धानका लागि पनि मलको कुनै अभाव हुँदैन ।’  

See More On

सुझावित समाचार