साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य करेक्सन भएको छ । करेक्सन भएको नेप्से सूचकमा कारोबार रकमले भने उच्च रेकर्ड बनाएको छ । यसअघि १३ अर्ब रुपैयाँको कारोबार रहेर उच्च रेकर्ड बनाएकोमा घटेको बजारमा समेत कारोबार रकमले नयाँ रेकर्ड बनाउन सफल भएको हो ।
सेयर बजारले अझै उकालो यात्रा तय गर्न सक्ने लगानीकर्ता तथा विश्लेषकहरू बताउँछन् । केन्द्रीय बैंकको निर्देशनविपरीत पनि उच्च कारोबार हुनु भनेको लगानीकर्तामा आत्मबल अझै बढेको, सेयर बजारमा लगानी अझै बढाइरहेको र निश्चय पनि आगामी बजारलाई थप नयाँ रेकर्ड बनाउँदै लैजाने संकेत देखाएको एक लगानीकर्ताले बताए ।
सेयर बजारले अझै उकालो यात्रा तय गर्न सक्ने लगानीकर्ता तथा विश्लेषकहरू बताउँछन् । केन्द्रीय बैंकको निर्देशनविपरीत पनि उच्च कारोबार हुनु भनेको लगानीकर्तामा आत्मबल अझै बढेको, सेयर बजारमा लगानी अझै बढाइरहेको र निश्चय पनि आगामी बजारलाई थप नयाँ रेकर्ड बनाउँदै लैजाने संकेत देखाएको एक लगानीकर्ताले बताए
बिहीबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १५ कम्पनीको ४ करोड १८ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । यो कम्पनीको ४३ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली पावर कम्पनीको ३७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रोपावर कम्पनीको ३७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक १ दशमलव २० अंकले घटेर २ हजार ८ सय १५ दशमलव ४० बिन्दुमा बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २८ अंकले घटेर ५ सय ३ दशमलव ७० बिन्दुमा पुगेको छ ।
जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण
जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार जलविद्युत् समूह ४ दशमलव ५७ प्रतिशतले बढेको छ । जलविद्युुत्का मात्रै करिब २ दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
खानीखोला जलविद्युत्, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै, अरुण काबेली हाइड्रोपावर कम्पनी, रिद्धि हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनीका लगानीकर्ताले पनि सबैभन्दा धेरै कमाएका छन् ।
कारोबारमा आएका १३ समूहको सूचकमध्ये ७ समूूहको सूचक सकारात्मक रहेको छ भने ६ समूहको सूचक नकारात्मक रहेको छ । माइक्रो फाइनान्स र जीवन बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने विकास बैंक र फाइनान्स कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढेको छ ।
सबैभन्दा बढी मूल्य घट्नेमा समता घरेलुु लघुवित्त रहेको छ । कम्पनीको सो दिन ५ प्रतिशतले घटेको छ भने मेरो माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स कम्पनीका सेयरको पनि ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।