राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि अहिले विपक्षी गठबन्धन छलफलका लागि जुटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, जसपाका राजेन्द्र श्रेष्ठ, रेणु यादव र मोहमद इस्तियाक राई बुढानीलकण्ठमा छलफलमा जुटेका छन् ।

७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई र राजीनामासमेत नदिएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा बमोजिमको सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले त्यसको प्रतिरोध गरिरहेका छन् । हामीले बुढानीलकण्ठस्थित देउवा निवासमा जे देख्यौँ :






