सर्वोच्चको फैसला कार्यान्वयन गर्नु हाम्रो कर्तव्य हो : प्रदीप ज्ञवाली

बिहिबार, ६ जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सातजना गैरसांसद मन्त्रीहरूलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्ने बताएका छन् । बालुवाटारमा बसिरहेको पार्टी स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा ज्ञवालीले आफूहरूको फरक राय भए पनि निर्णय मान्ने बताएका हुन् ।

मन्त्री ज्ञवालीले आदेशको पूर्णपाठ हेर्न नपाएको भए पनि अदालतको फैसला मान्नुपर्ने बताए । ‘कतिपय हाम्रा फरक राय हुन सक्छन् । तर, अदालतको फैसलाको कार्यान्वय गर्नु हाम्रो कर्तव्य हो,’ ज्ञवालीले भने ।
 

सुझावित समाचार