कोभिडको रोकथाम तथा उपचारका लागि सवा ४ अर्ब बजेट सुनिश्चित

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

अर्थ मन्त्रालयले कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि सवा ४ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको छ । मन्त्रालयले अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ सुनिश्चित गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरूप केन्द्रीय तथा प्रादेशिक अस्पतालहरूमा स्वास्थ्य पूर्वाधार स्थापना तथा उपकरण खरिदका लागि बजेट सुनिश्चित गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो । यस्तै, केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडियू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । 

कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीतिअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागअनुरूप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । 

See More On

सुझावित समाचार