हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

बिहिबार, ३० बैशाख, २०७८
डिजिटल संस्करण

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका– ३ का ४४ वर्षीय जितबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई ‘मर्निङवाक’का समयमा बिहीबार बिहान रतुवामाई वृक्षरोपण आयोजना क्षेत्रमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार