अल्टिमेटममा ओलीको बेवास्तापछि अन्तिम निर्णयका लागि छलफलमा जुट्याे नेपाल–खनाल समूह

सोमबार, २७ बैशाख, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नेपाल–खनाल समूहले दिएको अल्टिमेटमको समय सकिँदा पनि उताबाट सुनुवाइ नभएपछि नेपाल–खनाल समूह छलफलमा जुटेकाे छ ।

आइतबार नेपाल–खनाल समूहले सोमबार बिहान ९ बजेसम्मका लागि  ओलीलाई सच्चिन अल्टिमेटम र मध्यराति माधवकुमार नेपालले ६ बुँदे मागसहितको पत्र पठाएका थिए ।

तर, ओलीले पत्र र अल्टिमेटमलाई बेवास्ता गर्दै कुनै सुनुवाइ नगरेपछि नेपाल–खनाल समूहका सांसदहरू सिंहदरबारमा भेला भएर अन्तिम निर्णयका लागि छलफलमा जुटेका छन् ।  

सुझावित समाचार