प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सोमबारै सक्ने सहमति

आइतबार, २६ बैशाख, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले विश्वासको मतको प्रक्रिया सोमबार नै सक्ने गरी सहमति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

त्यस्तै, बैठकले कोरोना संक्रमित सांसदहरू पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने, ‘दल, संसद् सचिवालय र सरकारको समन्वयमा संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने कुरा भयो । संसद् भवनमा उहाँहरूको लागि विशेष कोठाको व्यवस्था गरिनेछ ।’

सोमबार चल्ने प्रतिनिधिसभा बैठकको तयारीमाथि छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । 
 

सुझावित समाचार