राष्ट्रिय सभा उपनिर्वाचनको मतदानका लागि दुई केन्द्र निर्धारण

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र तोकेको छ ।

आयोगले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित भुटनदेवी माविलाई मतदानस्थल तोकी उक्त मतदानस्थलमा एक सय १० प्रदेश सभा सदस्यका लागि केन्द्र (क) र दुई सय ३८ जना नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र ताेकेकाे छ । 

उपनिर्वाचन जेठ ६ गते बिहीबार हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 

सुझावित समाचार