गरिब र असहायका लागि एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका गरिब तथा असहायहरूको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यका साथ एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । 

काठमाडौं उपत्यकाका गरिब र असहायहरूको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ बनाउनका निम्ति काठमाडौंको थापाथलीमा एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरूद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, बालरोल, छाला तथा यौन रोगसम्बन्धी स्वास्थ्य समस्याको अन्य निजी अस्पतालभन्दा सर्वसुलभ र सस्तो गरी उपचार गरिने एक–एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमनशमशेर थापाले बताए । आफूहरूले स्वयंसेवाको रूपमा स्वास्थ्य केन्द्रको स्थापना गरिएको भन्दै उहाँले इच्छुक स्वयंसेवक आएर काम गर्न सक्ने पनि बताए । 

२०७२ सालको भूकम्पपछि स्वयंसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा स्थापना भएको एक–एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो । यस संस्थाले भूकम्प प्रभावितहरूलाई शिविर सञ्चालन गरेर सुरु गरेको अभियानलाई विस्तार गर्दै देशका विभिन्न भूभागमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको थियो ।

सुझावित समाचार