६ महिनाअघि भेडापालनमा बेंसी झरेका भेडीगोठाला भेडाका बथानसहित बेंसीबाट हिमालतिर फर्कन थालेका छन् ।
हुम्लामा चरन क्षेत्रको समस्या हुँदा बेंसी झरेका हुम्लाका भेडागोठाला भेडाका बथानसहित हिमालतिर फर्कन थालेका हुन् ।
भेडागोठाला ६ महिना अछाममा भेडापालनका लागि झरेका थिए । गाउँमा चरिचरन वनको समस्या भएकाले ६ महिना अछाम जिल्लामा भेडापालन गरी जिल्ला फर्किएको सिमकोट गाउँपालिका– १ दोजामकी विष्णु लामाले जानकारी दिइन् ।
भेडापालनकाे लागि गाउँमा चरन क्षेत्र नहुँदा हिँउदमा अछाम र बर्खामा हिमालमा बस्न बाध्य भएको लामाको भनाइ छ ।