मालपोत अधिकृत जोशीविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, ३१ चैत, २०७७
डिजिटल संस्करण

२४ हजार रुपैयाँ घुससहित पक्राउ परेका कञ्चनपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

जग्गा नामसारी तथा अंशबन्डामा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) अनुसारको जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर भएको हो ।
 

सुझावित समाचार