विद्यालय बन्द गर्ने सरकारको प्रस्तावमा प्याब्सनको विरोध

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

कोभिड– १९ को दोस्रो लहर फैलन नदिन भन्दै शैक्षिक संस्था बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको प्रस्तावमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् ।

सावधानी अपनाएर विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन प्याब्सनको माग छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसी बैठकमा शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव लगेको छ । तर, सिसिएमसीले भने निर्णय गरिसकेको छैन ।

सुझावित समाचार