देउवाको आह्वानमा कांग्रेस पदाधिकारी बैठक बस्दै

आइतबार, २९ चैत, २०७७
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाको आह्वानमा बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको पनि सहभागिता रहनेछ । 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपश्चात्  बस्ने मुख्यसचिव कृष्ण पौडेलले नयाँ पत्रिकालाई जानकारी दिए ।  

सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गर्न सभापति देउवाले बैठक बोलाएका हुन् । आजको बैठकमा नयाँ सरकार गठनको विषयमा पनि  छलफल हुने छ । 

साथै, माओवादी केन्द्र र जसपासँग सत्तासमीकरणका लागि भइरहेको छलफलको समीक्षा तथा थप रणनीति पनि तय हुने जनाइएको छ । 

मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औँ महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर नेताहरूबीच छलफल हुनेछ ।

सुझावित समाचार