पदकमा पुरानै नक्सा प्रयोग गरिएकोमा युवा संघको विरोध

शनिबार, २८ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पर्याएकाहरूलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघर मण्डलामा संघका नेता तथा कार्यकर्ताले विरोध जनाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा वितरण गरेको पदकमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ । त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोइ, नेपालको पूर्ण नक्साको प्रयोग सुनिश्चित गर’लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘संविधान मिच्न पाइँदैन, पूर्ण नक्सा प्रयोगमा ल्याऊ, राष्ट्रघाती सरकार मुर्दावाद, चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’लगायतका नारा लगाएका थिए ।

सुझावित समाचार