पुनर्निर्माण प्राधिकरणद्वारा स्थानीय तहलाई सीप हस्तान्तरण

शनिबार, २१ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा स्थानीय तहलाई सीप हस्तान्तरण प्राधिकरणले आफ्नो समयावधि सकिन लाग्दा स्थानीय तहहरुलाई विपद व्यवस्थापनसम्बन्धी सीप हस्तान्तरण गर्न थालेको छ । विपद व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहहरूलाई सक्षम बनाउने उद्देश्यले कार्यशाला सञ्चालन गरी सीप हस्तान्तरण गरेको हो ।

ललितपुरमा शुक्रबार सम्पन्न भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी तीनदिने कार्यशाला गोष्ठीमा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरूले प्रशिक्षणमा पाएको ज्ञानले आफ्नो क्षेत्रमा आइपर्ने विपत् व्यवस्थापन गर्न सजिलो हुने बताएका छन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले स्थानीयस्तरमा विपत् व्यवस्थापन गर्न बजेट अभाव हुने भए पनि स्थानीय स्राेत, साधन र जनशक्तिको अधिकतम प्रयोग गर्दै आएको बताएका छन् । यस्तै, केही नीतिगत कुराहरूमा पनि स्पष्ट हुने मौका पाएको जनप्रतिनिधिहरूले बताएका छन् ।

पुनर्निर्माण प्राधिकरणद्वारा स्थानीय तहलाई सीप हस्तान्तरण प्राधिकरणले दिएको प्रशिक्षण प्राकृतिक विपत् व्यवस्थापन, मानव सिर्जित विपत्को व्यवस्थापन र संकट व्यवस्थापनसमेतलाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्नेछ । प्राधिकरणले विभिन्न चरणमा ५९ वटा कार्यशाला सञ्चालन गरेको छ । हरेक स्थानीय तहमा विपत् व्यवस्थापन समिति हुने संवैधानिक व्यवस्था पनि रहेको छ ।

सुझावित समाचार