बल्देधुरी घटनाका ६ आरोपित पक्राउ

बिहिबार, १९ चैत, २०७७
डिजिटल संस्करण

बाग्लुङको बडिगाड गाउँपालिका– १० र निसीखोला गाउँपालिका– ७ को सिमाना बल्देधुरी घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटनाको चार दिनपछि बुधबार दिउँसोसम्म गुल्मीबाट दुईजना र बाग्लुङबाट चारजना पक्राउ परेको  प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए । 

होली पर्व मनाउने क्रममा दुई गाउँका युवाबीच कुटाकुट हुँदा भिरबाट खसेर दुईजनाको मृत्यु ज्यान गएको थियो । मृत्यु हुनेमा निसीखोला गाउँपालिका– ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक परियार छन् । घटनामा ज्यान गुमाएका दुवैको बुधबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि बुधबार दिउँसो परिवारजनले दुवैको दाहसंस्कार गरेका छन् ।

See More On

सुझावित समाचार