घाँस काट्न गएका सात बालिका भारतमा भेटिए, प्रहरीले अनुसन्धान गर्दै

बुधबार, १८ चैत, २०७७
डिजिटल संस्करण

मंगलबार महोत्तरीको भंगहा नगरपालिका– ८ धर्मपुर पासमान टोलबाट घाँस काट्न निस्किएका सातजना बालिका भारतमा भेटिएका छन् । भारतको  सीतामढीस्थित रेल्वे स्टेसनबाट भारतीय रेल्वे पुलिसले उद्धार गरी नेपाली सुरक्षा टोलीलाई बुझाएको छ । 

बिहान घाँस काट्न निस्किएका सातैजना बालिका साँझसम्म घरपरिवारको सम्पर्कमा नआएपछि राति उनीहरूका अभिभावकले प्रहरीलाई खबर गरेका थिए । प्रहरी, स्थानीय र  भंगहा नगरपालिकाका मेयर सञ्जीव साहसमेतको टोलीले रातभरि खोजी गरे पनि भेट्टाउन सकेनन् ।  बुधबार बिहान भारतको सीतामढी रेल्वे स्टेसनमा सातैजनालाई देखेको खबर प्रहरीमा आयो । उनीहरूलाई अहिलै नै नेपाल ल्याउने तयारी रहेको र भारतमा आवश्यक कागजी प्रक्रियायाहररु चलिरहेको ती प्रहरीले जनाएका छन् । 

बालिकाहरूको समुह नै भारत पुग्नुले विभिन्न आशंका उब्जाएकोले नेपाल ल्याएर पहिले प्रहरीले अनुसन्धान गरेपछि मात्र परिवारको जिम्मा लगाउने वा के गर्ने भन्ने भन्न मिल्ने महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । उनले गम्भीर प्रकृतिको घटना भएकोले सत्यतथ्य बाहिर ल्याएर सोहीअनुरूप प्रहरीले अनुसन्धानसमेत गर्ने बताए । 

See More On

सुझावित समाचार