मोहन्याल गाउँपालिका अध्यक्ष रावलको निधन

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । काठमाडौंको न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो । 

७७ वर्षीय उनी लामो समयदेखि उच्च रक्तचापले ग्रसित थिए । चार दिनअघि उनको ब्रेन हेम्ब्रेज भएको पारिवारिक स्रोतले जनाएको छ ।

घरमै बसिरहेका वेला एक्कासि ब्रेन हेम्ब्रेज भएर बेहोस भएका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरबाट थप उपचारका लागि उनलाई काठमाडौं लगिएको थियो ।

आदर्श राजनीतिज्ञको छवि बनाएका रावल कैलालीका पुराना वामपन्थी नेता हुन् । उनी नेकपा एमालेबाट कैलालीको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।
 

सुझावित समाचार