निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन हुने

बिहिबार, १२ चैत, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभाअन्तर्गतको  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । 

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन अपर तामाकोसी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

सदस्यहरूमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भूपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहेको सभापति सुवेदीले बताइन् । 

अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकूल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताइन् । 
 

सुझावित समाचार