डलरमा अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिलको आइकार्ड

बुधबार, ११ चैत, २०७७
डिजिटल संस्करण

नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै युएस डलर नबिल आइकार्ड ल्याएको हो । 

नबिल बैंकमा खाता भएका ग्राहकले उक्त कार्डमार्फत वार्षिक अधिकतम ५ सय अमेरिकी डलरबराबरको इ–कमर्समार्फत अनलाइन सपिङ गरी भारतबाहेक विश्वभर भुक्तानी गर्न सक्ने जनाइएको छ ।

कार्ड लिनका लागि ग्राहकको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुने बैंकले जनाएको छ । ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा ५ सय अमेरिकी डलरबराबरको परिवत्र्य विदेशी मुद्राको सटही गर्न सक्ने जनाइएको छ ।   

बैंकले १ सय १९ शाखा, १ सय ८५ एटिएम, १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत देशभर बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

सुझावित समाचार