रेस्टुरेन्टले बनाउने खानाका परिकारहरू जस्तै– पास्ता, पिज्जा र अमलेटमा च्याउ राख्न छुटाउँदैनन् । फरक स्वाद तथा चिल्लोरहित भएकाले यसलाई धेरै मानिसले मन पनि पराउँछन् । यही गुणका कारण सर्वसाधारणको भान्सामा पनि च्याउले नियमितजसो स्थान पाउने गरेको छ ।
स्वस्थकर र शरीरमा कुनै हानि नपुर्याउने भएकाले यसको लाभ सबैले लिइरहेका छन् । तर, जंगलमा पाइने विषालु च्याउ खाँदा भने कहिलेकाहीँ ज्यान गएका घटनाहरू पनि सार्वजनिक हुने गरेका छन् । सावधानी अपनाएर च्याउ खाँदा यसका धेरै फाइदा छन् ।
१. इम्युनिटी पावर बढाउने
च्याउमा फुंगी नामको चिनी र लेन्टिनन तत्व हुन्छ । यी दुवै तत्वले शरीरभित्र एक प्रकारको शक्ति उत्पादन गर्छन् । शरीरमा इम्युनिटी पावर बढाउन लेन्टिनन महत्वपूर्ण मानिएको छ । च्याउमा विभिन्न किसिमको वेटा गुल्कान हुन्छ । यसले शरीरलाई थप बलियो बनाउन मद्दत गर्छ ।
२. भिटामिनको मात्रा धेरै
बजारमा पाइने विभिन्न किसिमका खानेकुरामध्ये च्याउमा धेरै प्राकृतिक भिटामिन हुन्छ । विज्ञहरूका अनुसार बटम च्याउमा भिटाभिन डीको मात्रा अधिक हुन्छ । क्रिमिनिस च्याउमा भिटामिन डी र भिटामिन बी–१२ को मात्रा पनि हुन्छ । भिटामिन बी शरीरका लागि अति आवश्यक तत्व हो ।
यसले शरीरमा ऊर्जा दिने गर्छ । च्याउमा पाइने भिटामिन डीले शरीरमा आवश्यक क्याल्सियम पनि विकास गर्छ । भिटामिन डीले शरीरको हड्डी मजबुत बनाउन पनि मद्दत गर्छ । भिटामिन डीको अर्को महत्वपूर्ण पाटो भनेको यसले शरीर सधैँ स्वस्थ राख्छ, दाँत र कपालसमेत राम्रो बनाउँछ ।
३. शरीरको विकार हटाउने
बजारमा धेरै किसिमका च्याउ पाइन्छन् । तीमध्ये सिताके, ह्वाइट बटम, ओयस्टर, हनी तथा इनोकी मुख्य हुन् । यी सबै च्याउमा हुने भिटामिनले शरीरमा उत्पन्न हुने अनावश्यक विकार नष्ट गर्छ । रियसी नामक च्याउले ट्युमर र अन्य डरलाग्दो रोग हुनबाट जोगाउँछ । यो च्याउ विशेषगरी पूर्वी एसियामा शताब्दीदेखि प्राकृतिक औषधि उपचारका निमित्त प्रयोग हुँदै आएको छ ।
४. कोलेस्ट्रोल र ब्लडप्रेसर कम गर्ने
च्याउ एक स्वस्थकर डाइटमा पर्छ । किनभने, यो कोलेस्ट्रोलरहित छ । यसमा रहेको काइटेन तथा वेटा ग्लुकानले शरीरको कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग गर्छ । केही अध्ययनले यो देखाएको छ कि पिंक ओयस्टर मसरुमले रगतमा भएको खराबीको स्तर कम पार्छ । च्याउमा भएका विविध तत्वले रक्तप्रवाहमा हुने रोकावटलाई पनि हटाउँछ । पोषणविज्ञहरूले नियमित रूपमा च्याउ खाँदा रक्तनली सफा रहने र रक्तप्रवाह एकनाश बनाउने बताएका छन् ।
५. डर कम गर्ने
कतिपय कारणबाट मानिसहरू डिप्रेसनको सिकार बन्ने गर्छन् । साइकेडेलिक तत्वले उनीहरूलाई तनाव र डिप्रसेसनमा लैजान मद्दत गरिरहेका हुन्छन् । यस किसिमको डरबाट मुक्ति पाउन च्याउ नियमित रूपमा खान विज्ञहरूको सुझाब छ ।
६. क्यान्सरविरुद्ध लड्न मद्दतगार
च्याउले महिलामा हुने स्तन क्यान्सरविरुद्ध लड्ने क्षमता विकास गर्छ । ओयस्टर, प्रोटोवेलो, क्रिमिनी तथा ह्वाइट बटम प्रजातिका च्याउ नियमित खाँदा सम्भावित स्तन क्यान्सरबाट जोगिने एक अध्ययनले देखाएको छ । साथै, सिताके च्याउमा हुने लेन्टिनन तत्वले किमोथेरापी गर्दा शक्ति प्रदान गर्ने अध्ययनले देखाएको छ । लेन्टिनन तत्वले ट्युमरको वृद्धिदर पनि कम गर्छ ।
एजेन्सीको सहयोगमा