मेराकी, होलिस्टिक वेलनेस रिट्रिटको प्रि–लन्च कार्यक्रम सम्पन्न भएको छ । यो नेपालमा प्रिमियम र स्टेट अफ द आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।
यहाँ आगन्तुकले आफ्नो मन, शरीर र आत्मालाई पुनः प्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरूले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगालगायत अन्य थेरापीहरूद्वारा मार्गदर्शन गर्ने संस्थाले जनाएको छ । शिवपुरी डाँडा र बुढानीलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकी आगन्तुकको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरूका साथै शुद्ध खानाहरूले उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको जनाइएको छ ।
यहाँ आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरू सम्बन्धित विशेष तालिम पाउने जनाइएको छ । साथै, प्राकृतिक चिकित्सकीय प्रणालीबाट नेपालको पहिलो र एक मात्र विलासी वेलनेस रिट्रिट गन्तव्यमा आगन्तुकले पूर्ण स्वास्थ्य लाभको फाइदा उठाउन सक्ने जनाइएको छ ।
यहाँ आगन्तुकले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरू अपनाएको अनुभव गर्न सकिने जनाइएको छ । मेराकीमा रहेका सुइटहरू, निजी लाउन्ज र रेस्टुरेन्टले आगन्तुकलाई तनावरहित वातावरणमा प्रकृतिको नजिक रही पूर्ण आराम दिलाउन विशिष्ट सेवाका लागि कर्मचारीहरू सधैँ तत्पर रहने जनाइएको छ ।