प्रचण्डप्रति कमल थापाको कटाक्ष : विदेशीको एजेन्ट भन्दै सरकारको समर्थन गर्नु लाजमर्दाे

सोमबार, ९ चैत, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रधानमन्त्री केपी ओलीलाई गाली गर्दै फेरि सरकारकै समर्थन गर्नु लाजमर्दाे भएको टिप्पणी गरेका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत केही दिनअघिसम्म एउटै पार्टीमा रहेका प्रचण्डले देशका प्रधानमन्त्रीलाई वर्षौँदेखि विदेशीबाट पालितपोषित ‘एजेन्ट’ भन्दै आरोप लगाएको सुन्दा अचम्म लागेको बताए । 

दुईपटकसम्म प्रधानमन्त्री भइसकेका प्रचण्डले गम्भीर आरोप लगाउने अनि सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दाे भएको भन्दै कटाक्ष गरे । 

सुझावित समाचार