झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भने, ‘बाहिर मिडियामा आएकोजस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।’ 

पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य समस्या देखापरेको उनले बताए । भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्तिसमेत जनाएका छन् ।     

‘कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्यजस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत्, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।’     
  

सुझावित समाचार