जावा–पेराक सबै सोरुममा उपलब्ध, मूल्य ७ लाख ५० हजार

आइतबार, ८ चैत, २०७७
डिजिटल संस्करण

अग्निमोटो इंक प्रालिले जावा मोटरसाइकलका सबै सोरुमहरूमा बिएस–सिक्स इन्जिनयुक्त जावा पेराकको बजारीकरण सुरु गरेको छ । मोटरसाइकलका सौखिनहरूले अब पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक बुक गर्न सक्ने कम्पनीले जनाएको छ । अग्निमोटो इंकका सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइड पनि गर्न सक्नेछन् । काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवामा यस्तो सुविधा उपलब्ध गराइएको छ ।  

२७ असोज ०७७ मा जावा मोटरसाइकल नेपालमा सार्वजनिक गरिएको हो । जावा–पेराक बिएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डिओएचसी इन्जिनसहित आएको छ । जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावाफोर्टी–टू मोटरका तुलनामा ठूलो बोरका कारण अधिक शक्तिशाली देखिन्छ । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

स्टाइलअनुसार पेराक बबर बाइक हो । बबर सौन्दर्यशास्त्रलाई ध्यानमा राखेर जावा–पेराकसँग फ्लोटिङ सिंगल सिट छ । जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ । पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स राखिएको छ भने पछाडि मोनोसक सस्पेन्सन छ । दुवै पांग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा–पेराकको सुरुवाती मूल्य ७ लाख ५० हजार रहेको छ ।  

बजारीकरण शुभारम्भ कार्यक्रममा जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने, ‘नयाँ पेराक मोटरसाइकल जावा र जवाफोर्टी–टू भन्दा फरक देखिन्छ । सहर र राजमार्गहरूमा हाँक्नका लागि बाइक निकै रोमाञ्चक छ । भिडबाट बाहिर निस्कन चाहने र आफ्नो मोटरसाइकललाई अनुकूलित गर्न ठूलो पैसा खर्च गर्नेहरूका लागि पेराक एक रोचक विकल्प हो । पेराक नेपाली बजारमा सफल हुनेमा हामी विश्वस्त छौँ ।’   

सुझावित समाचार