सालको गोलियासहित काठतस्कर पक्राउ

बुधबार, ४ चैत, २०७७
डिजिटल संस्करण

सालको २१ थान गोलियासहित धनुषामा एक काठ तस्कर पक्राउ परेका छन्  । पक्राउ पर्नेमा महोत्तरीका बर्दिबास नगरपालिका– ७ बस्ने किसनकुमार ठाकुर छन्  । उनीमाथि लामो समयदेखि अवैध रूपमा काठको कारोबार गर्दै आएको आरोप छ ।

सब–डिभिजन वन कार्यालयका पुप्पबलपुर र औहरी बाबा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सोमबार राति उनलाई काठसहित पक्राउ गरेको हो । उनले मिथिला नगरपालिका– ५ विश्रापुरस्थित स्थानीय गोपाल मगरको घरमा काठ लुकाएर राखेका थिए । 

अवैध रूपमा काठ काटनी गरी महँगोमा बेच्दै आएका ठाकुरलाई पक्राउ गर्न विशेष सुराकी प्रयोग गरिएको वन संरक्षक रामदेव यादवले बताए । ‘जंगलबाट रूख कटान गरी जम्मा गरेर राखेको सालको गोलिया काठ बाहिर पठाउन लागेको अवस्थामा हामीले पक्राउ गरेका हौँ,’ ठाकुरले नयाँ पत्रिकासँग भने ।

पक्राउ परेका ठाकुरलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा र बरामद गरिएका काठ औरही बाबा सामुदायिक वन उपभोक्ता समितिको जिम्मा लगाइएको छ । काठ तस्करीमा संलग्न गोपाल मगर र नाम खुल्न नसेका अर्का एकजना भने भागेको वन संरक्षक यादवले बताए । 

See More On

सुझावित समाचार