कांग्रेस सभापति शेरबहादुर देउवाले छलफलका लागि शीर्ष नेताहरूलाई बोलाएका छन् । निजी निवास बुढानीलकण्ठमा उनले दिउँसो ३ बजे शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् । सरकार गठनको प्रक्रियामा कसरी जाने भन्ने विषयमा छलफल केन्द्रित हुने एक नेताले बताए ।
दिउँसो ४ बजे जसपाका नेताहरूसँग कांग्रेसकाे अनौपचारिक बैठक बस्दै छ । जसपासँगको बैठकअघि नै आफ्ना शीर्ष नेतासँग देउवाले छलफल गर्न लागेका हुन् ।