शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक शोकप्रस्ताव पारित गरेर स्थगित भएको छ । विभिन्न मितिमा निधन भएका वर्तमान र पूर्वसदस्यको निधनमा शोकप्रस्ताव पारित भएपछि बैठक स्थगित भएको हो ।

शोकप्रस्ताव पारित र मौनधारणपछि बैठक आगामी ३ चैतसम्मका लागि स्थगित भएको छ । 

प्रधानमन्त्री केपी ओली भने बैठक सुरु नहुँदै निस्किएका थिए । ओली निस्किएपछि कार्यसूची परिवर्तन गरिएको थियो ।

यसअघि संसदीय दलका नेताहरूले धारणा राख्ने, विभिन्न विधेयक पेश गर्ने र शोकप्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको थियो ।

सुझावित समाचार