महिलालाई भारत लैजान खोज्ने दुई पक्राउ

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

होटेलमा राम्रो काम लगाइदिने बहाना बनाउँदै सिन्धुपाल्चोकका दुईजना महिलालाई  विराटनगर बोलाएर भारत लैजान खोज्ने दुईजना पक्राउ परेका छन् । 

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ का २३ र ३१ वर्षीया महिलालाई झुक्याएर भारत लैजान खोज्ने  विराटनगर– १५ का ३४ वर्षीय काजी तामाङ र  विराटनगर– १६ का ५० वर्षीय प्रेमबहादुर मगर पक्राउ परेका हुन् । 

उनीहरूले  होटेलमा आकर्षक रोजगारी दिलाउने बहानामा दुई महिलालाई भारत लैजाँदै गर्दा प्रहरीले २१ फागुनमा नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर मानव बेचबिखन कसुरमा अनुसन्धान भइरहेको छ ।

See More On

सुझावित समाचार