पियाजियोेको अप्रिलिया एसएक्सआर १६० नेपालमा सार्वजनिक

सोमबार, २४ फागुन, २०७७
डिजिटल संस्करण

पियाजियो र एमभी दुगड गु्रपले नेपालमा अप्रिलिया एसएक्सआर १६० स्कुटर सार्वजनिक गरेको छ । पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफी, वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल साथै एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, भाइस प्रेसिडेन्ट विजय महतोले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । 

कम्पनीले यो स्कुटर नयाँ डिजाइनअन्तर्गत डिजाइन गरिएको पहिलो र कम्पनीको प्रिमियम स्कुटर भएको बताउँदै ४ लाख ९ हजार ९ सय रुपैयाँमा बजारमा ल्याएको जनाएको छ । यो स्कुटर एकल सिलिन्डर, ४–स्ट्रोक, एयर–कुल्ड, ३ भल्भ फ्उल इन्जेक्सन, कम कार्बन इमिसन इन्जिन टेक्नोलोजी भएको जनाएको छ ।

जसले ७१०० आरपिएममा ११ पिएसको पिक पावर उत्पादन गर्ने कम्पनीको दाबी छ । यसमा ठूलो, लामो, आरामदायी र एर्गोनोमिक सिट रहेको जनाइएको छ । स्कुटरमा १२ भोल्ट, ५.० एएचएमएफ ब्याट्री र ७ लिटर इन्धन क्षमता रहेको कम्पनीले जनाएको छ । 

स्कुटर सार्वजनिक गर्दै पियाजियो भारतका अध्यक्ष र प्रबन्ध निर्देशक ग्राफीले सबै प्रकारका ग्राहकलाई लक्षित गरेर यो स्कुटर बजारमा ल्याएको बताए । उनले भने, ‘उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक रहेको यो स्कुटर विशेष गरी इटालीमा डिजाइन गरिएको छ ।’ यस स्कुटरले नेपालको प्रिमियम टू–ह्विलर बजारमा उच्च मापदण्डहरू सेट गर्ने उनको भनाइ थियो । 

एमभी दुगड ग्रुपका उपाध्यक्ष विवेक दुगडले अप्रिलिया एसएक्सआर १६० को बिक्री–वितरणको सुरुवात गर्दै यस क्षेत्रका युवाको आवश्यकता पूरा गर्न अझ गुणस्तरीय उत्पादनका लागि कार्य क्षमता विस्तार गर्न तयार भएको बताए । 

सुझावित समाचार