पर्यटन विकास आयोजनाका सबइन्जिनियर ५० हजार घुससहित पक्राउ

शुक्रबार, २१ फागुन, २०७७
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना बागमती प्रदेश हेटौँडाका सबइन्जिनियर नेत्रप्रसाद लामिछानेलाई घुस रकमसहित पक्राउ गरेको छ । निर्माण सम्पन्न भए पनि धरौटी रकम भुक्तानीका लागि ५० हजार घुस रकम लिँदै गर्दा लामिछाने पक्राउ परेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनी कार्यालय परिसरबाट पक्राउ परेका हुन् ।

नोलाइटका सुपरभाइजरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले नेपाल विद्युत् प्राधिकरण, ढल्केबर नोलाइटका सुपरभाइजर जगतनारायण साहसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका साहसहित इलेक्ट्रिसियन यमकुमार महतो, ज्यालादारी प्राविधिक नवलकिशोर राउत र मनोहरकुमार महतोविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

उनीहरूले नयाँ मिटर जडानका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । 
 

सुझावित समाचार