आइएमई अटोमोटिभ्सले ल्यायो एक्सकर्सको डिजिम्याक्स थ्रिई मेसिन

बुधबार, १९ फागुन, २०७७
डिजिटल संस्करण

नेपालका लागि एक्सकर्स मेसिनहरूको आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स प्रालिले एक्सकर्सको हेभी इक्युपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डिजिम्याक्स थ्रिई ब्याक्हो लोडरको बिक्री सुरु गरेको छ । कम्पनीले अत्यधिक कार्यक्षमतासहित अरूभन्दा फरक डिजाइनको मेसिन ल्याएको हो । 

यो मेसिनमा अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा विशेष ध्यान दिएको कम्पनीले जनाएको छ । डिजिम्याक्स थ्रिई ब्याक्हो लोडरमा अगाडि रहेको बोनेट हुडलाई इटालियन क्याबिन डिजाइनबाट साभार गरी आकर्षक बनाइएको कम्पनीको दाबी छ । 

रातिसमेत काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ सिस्टममा पावरफुल तथा ठूलो साइजका लिड लाइटहरू प्रयोग गरिएको जनाइएको छ । अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेन्टिलेसन सिस्टम जडान गरिएको तथा अगाडि र पछाडि दुवैतिर क्याबिनको झ्याल खोल्न सकिने जनाइएको छ । स्टेरिङ चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छाअनुसार एडजस्ट पनि मिल्ने पावर स्टेयरिङ रहेको कम्पनीले जनाएको छ । 

सहजै मेसिन सञ्चालन गर्नलाई स्विच साथै इन्स्ट्रुमेन्ट बोर्डहरूमा लाइटिङको व्यवस्था गरिएको तथा टुल्सहरू राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको कम्पनीले जनाएको छ । यो मेसिन बजारमा उपलब्ध मेसिनहरूभन्दा अत्याधुनिक तथा युजर फ्रेन्डली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले दाबी गरे । डिजिम्याक्स थ्रिई चौथो जेनेरेसन फिचर्समा आधारित रहेको जनाइएको छ । इक्युपमेन्ट मोनिटरिङ सिस्टम जडान भएको हुँदा अपरेटरले मेसिन सञ्चालनका क्रममा मेसिनको बारेमा सम्पूर्ण जानकारी पाउने कम्पनीले जनाएको छ । 

सुझावित समाचार